सिभिल बैङ्क र मेगा बैङ्कको सबैभन्दा बढी सेयर किनबेच भएको छ । सिभिलको प्रतिकित्ता १५२ रुपैयाँमा ५ करोड ५३ लाख २० हजार रुपैयाँबराबरकोे सेयर किनबेच भएको छ । यस्तै मेगाको पनि प्रतिकित्ता १९५ रुपैयाँमा ४ करोड ९६ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ३.६८ अङ्क घटेर नेप्से परिसूचक १ हजार २९७ अङ्कमा सीमित भएको छ । बुधबार ५० करोड ७९ लाख ३४ हजार रुपैयाँबराबरको १९ लाख ७ हजार ७८३ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
सिभिल बैङ्क र मेगा बैङ्कको सबैभन्दा बढी सेयर किनबेच भएको छ । सिभिलको प्रतिकित्ता १५२ रुपैयाँमा ५ करोड ५३ लाख २० हजार रुपैयाँबराबरकोे सेयर किनबेच भएको छ । यस्तै मेगाको पनि प्रतिकित्ता १९५ रुपैयाँमा ४ करोड ९६ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
व्यापार तथा उत्पादन कम्पनीको सेयर मूल्य बढेको छ भने बैङ्क तथा वित्तीय संस्था, होटल, जलविद्युत, लघुवित्त र बिमाको सेयर मूल्यमा गिरावट आएको छ । बजार घटेका बेला हिमालयन डिस्टिलरी लिमिटेड र नबिल इक्विटी फन्डका लगानीकर्ताले कमाएका छन् ।