आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेकले दिएको जानकारीअनुसार बुधबार बिहान दोस्रो आधार शिविरमा उनलाई मृत अवस्थामा भेटिएको हो ।
काठमाडौं । विश्वको पाँचौं अग्लो हिमाल मकालुको आरोहण गर्ने क्रममा पेरुका प्रसिद्ध हिमाल आरोही रिचार्ड हिदल्गोको ज्यान गएको छ । आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेकले दिएको जानकारीअनुसार बुधबार बिहान दोस्रो आधार शिविरमा उनलाई मृत अवस्थामा भेटिएको हो ।
बिना अक्सिजन तथा शेर्पाहरूको थोरै सहयोगमा उनी हिमाल आरोहण गर्ने कोसिसमा थिए । उनी मङ्गलबार आधार शिविरमा पुगेका थिए । राति ९ बजे उनी खाना खाएपछि सुत्ने भन्दै आरोहण दलका अन्य सदस्यहरुसँग छुट्टिएको सेभेन समिटले जनाएको छ ।
दोस्रो आधार शिविर ६ हजार ५ सय मिटरको उँचाइमा पर्छ । बुधबार बिहान डोरी फिक्स गरेर फर्केपछि शेर्पाहरुले हिदल्गोलाई नदेखेपछि उनको टेन्टमा हेर्न जाँदा मृत अवस्थामा भेटिएको सेभेन समिटले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएको छ ।
सङ्खुवासभा जिल्लामा रहेको मकालुको उँचाई ८ हजार ४ सय ८१ मिटर छ ।