रोयल भुटान एयरलाइन्स (ड्रुक एयर)को जहाज काठमाडौंबाट पारोतर्फ उडान गरेको थियो ।
काठमाडौं । काठमाडौंबाट भुटान उडेको ड्रुक एयरको जहाजको ककपिटमा धूवाँ देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।
बिहिबार बिहान करिब ११ बजे उडेको जहाज ६० नटिक माइल उडान गरेपछि पाइलटले विमानस्थल श्रोतका अनुसार ककपिटमा धूवाँ देखेपछि एटीसीसँग आपत्कालीन अवतरणको लागि समय माग गरेको थियो ।
विमान अवतरणपछि मात्र प्रधानमन्त्री केपी ओलीको उडान भएको थियो । हाल सो विमानको निरीक्षण भइरहेको विमानका कर्मचारीहरुले बताएका छन् । तर ककपिटमा धूवाँ कसरी निस्कियो भन्ने विषयमा भने जानकारी दिइएको छैन । रोयल भुटान एयरलाइन्स (ड्रुक एयर)को जहाज काठमाडौंबाट पारोतर्फ उडान गरेको थियो ।