उपेन्द्र महतोले प्रमोटर सेयर बिक्री गरेर सानिमाबाट बाहिरिएका हुन् । उपेन्द्र बाहिरिएपछि कर्मचारी संचय कोषको प्रवेश भएको छ । कोषले ४९ करोड रुपैयाँमा संस्थापक सेयर खरिद गरेको हो ।
काठमाडौं । सानिमा बैङ्कको संस्थापक (प्रोमोटर) सेयरले कारोबार रकम बढाएको छ । बिहीबार बजार ५.६४ अंकले घट्दा ९४ करोड ४३ लाख ४७ हजार रुपैयाँ बराबरको ३५ लाख ८५ हजार ६९५ कित्ता सेयर किनबेच भएको छ ।
उपेन्द्र महतोले प्रमोटर सेयर बिक्री गरेर सानिमाबाट बाहिरिएका हुन् । उपेन्द्र बाहिरिएपछि कर्मचारी संचय कोषको प्रवेश भएको छ । कोषले ४९ करोड रुपैयाँमा संस्थापक सेयर खरिद गरेको हो ।
सानिमापछि बढी शिवम सिमेन्ट लिमिटेडको सेयर कारोबार भएको छ । शिवमको प्रतिकित्ता ४११ रुपैयाँमा ५ करोड ३ लाख ५८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
बिहीबार निर्जीवन बिमा र उत्पादनमुलक समूह बाहेक सबै परिसुचक सेयर मूल्य घटेको छ । बैंङ्क, लघुवित्त, जलविद्युत, होटललगायत सबैको सेयर मूल्य घटेको छ । बिहीबार सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।