७८ करोडको आईपीओ ल्याउदै हिमाल दोलखा हाइड्रोपावर

सर्वसाधारणलाई ६२ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता र आयोजना प्रभावित स्थानीयबासिन्दालाई १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र स्थानीयबासिन्दालाई गरी ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसअनुसार सर्वसाधारणलाई ६२ करोड रुपैयाँ बराबरको ६२ लाख कित्ता र आयोजना प्रभावित स्थानीयबासिन्दालाई १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

कम्पनीले कुल पुँजीको ४८.७५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको पुँजी १ अर्ब ६९ करोड रुपैयाँ छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।