सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशत बोनस सेयर दिने

गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४६ करोड २९ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४६ करोड २९ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

नियामक निकाय बिमा समिति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । बोनस सेयर वितरणपछि कम्पनीको पुँजी १ अर्ब रुपैयाँ पुग्ने छ । आउँदो असारसम्म चुत्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउनु समितिले निर्देशन दिएको छ ।