निक्षेप र कर्जा प्रवाह दोब्बर बनाएर ३ अर्ब नाफा गर्दैछौँः मेगा बैङ्ककी सीईओ अनुपमा खुँजेलीसँगको अन्तर्वार्ता

लामो समय बैङ्किङ क्षेत्रमा बिताएकी खुँजेलीले पछिल्लो समयमा अन्य बैङ्कका सीईओलाई चुनौती दिइरहेकी छन् । सुस्त गतिमा रहेको मेगाले चालू आर्थिक वर्षको ९ महिनामा नाफा १३१ प्रतिशत बढाएर १२१ करोड रुपैयाँ पुर्याएको छ ।

अनुपमा खुँजेली, जुन् नाम बैङ्किङ क्षेत्रमा संलग्न महिलाहरुमध्ये अग्रपङ्क्तीमा आउने नाम हो । खुँजेली नेपालको बैङ्किङ इतिहासमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।

स्ट्यान्डर्ड चार्टर्ड तथा नबिल बैङ्क हुँदै मेगा बैङ्कमा सुरुआतदेखि नै संलग्न खुँजेलीले मेगा बैङ्कमा सीईओको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । लामो समय बैङ्किङ क्षेत्रमा बिताएकी खुँजेलीले पछिल्लो समयमा अन्य बैङ्कका सीईओलाई चुनौती दिइरहेकी छन् । सुस्त गतिमा रहेको मेगाले चालू आर्थिक वर्षको ९ महिनामा नाफा १३१ प्रतिशत बढाएर १२१ करोड रुपैयाँ पुर्याएको छ ।

बैङ्कले राम्रो प्रगति गर्नुमा कर्मचारीको ठूलो योगदान भएको अनुपमा बताउँछिन् । समग्र बैङ्किङ क्षेत्र र मेगा बैङ्कको भावी योजनाका विषयमा केन्द्रित रहेर सीईओ खुँजेलीसँग क्यापिटल नेपालले गरेको कुराकानीको मुख्य अंश:

राष्ट्रिय योजना आयोगले २५ वर्षे दीर्घकालीन आर्थिक वृद्धिको योजना ल्याएको छ । यो ५ वर्षमा ९.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ । हामी सही दिशामा छौँ, त्यसैले स्रोतको व्यवस्थापन गर्दै जानु चुनौती छ । माग पुर्याउन सबै बैङ्कको कोसिस छ, जेठदेखि वातावरण सहज हुने अनुमान गरिएको छ ।

९ महिनामा मेगाले नाफा १३१ प्रतिशतले बढाएको छ, यो कसरी सम्भव भयो ?

म सीईओ हुनेबित्तिकै भनेकी थिएँ, एक जनाको प्रयास र मेहनतले मात्र संस्था सफल हुन्न । टुरिजम् डेभलपमेन्ट बैङ्कसँग मर्जरपछि हामीले कर्मचारीको पनि मर्जरमा विशेष जोड दियौँ । कर्मचारीको मर्जरमा २ जोड २ मात्र हैन २२ पनि हुन्छ भन्ने मान्यता राखेर अघि बढेका थियौँ । र, मैले पहिला मर्जरका बेलामा भनेकाे कुरा पनि यही नै थियो ।

आखिर काम गर्ने कर्मचारीले नै हो । विचार बुझेर र उनीहरुको क्षमताअनुसार काम गराउन सकेमा उनीहरु पनि खुसी हुन्छन्, सबै खुसी भएपछि स्वाभाविक रुपमा कर्मचारीले राम्रो काम गर्छन् र परिणाम पनि राम्रो आउँछ ।

यसबीचमा मैले मानव संशाधनलाई प्रोत्साहित गर्ने काम गरेँ । कर्मचारीको क्षमता अभिवृद्धिका लागि मेगा लर्निङ एन्ड डेभलपमेन्ट युनिट स्थापना गरेका छौँ । त्यहाँ सबै कर्मचारीलाई सिकाउने र तालिम दिने काम हुन्छ । कर्मचारीको ज्ञान बढाउने काम हुन्छ । केही गरौँ र देखाउँ भन्ने साेच सबै कर्मचारीमा छ, त्यसैले गर्दा बैङ्कले प्रगति गर्न सकेको हो ।

आउँदो ३ महिनापछि बैङ्कको सिनारियो के हुने छ ?

आउने दिन राम्रो छ । जेठपछि बजारमा लगानीयोग्य पुँजी पनि आउँछ । क्रेडिट क्रञ्चको अवस्था साम्य हुने देखिन्छ । सरकारको बजेट पनि बैङ्किङ प्रणालीमा आउने भएकाले आउँदा दिनमा पुँजीको समस्या नहुने देखिन्छ । अहिलेको हिसाबले नाफा अनुमान गर्न सकिन्छ ।

एउटा कुरा रिजनेवल हिसाबले सेयरधनीलाई लाभांश दिने लक्ष्य हो, त्यो पूरा गर्ने छौँ । निश्चय नै सेयरधनीलाई गत वर्षकोभन्दा राम्रो प्रतिफल दिने छौँ ।

पछिल्लो समयमा ब्याजदर घट्ने क्रम पनि देखिएको छ, यो अझै पनि बढी भयो भन्ने उद्योगी व्यवसायीको भनाइ छ । ब्याजदरमा स्थायित्व कहिलेदेखि आउने देख्नु हुन्छ ?

पछिल्लो समयमा वाणिज्य बैङ्कको आधारदर (बेसरेट) दुई अङ्क तल अर्थात् ९.७५ प्रतिशतमा झरेको छ, यो सकारात्मक कुरा हो । बैङ्कहरुले १२ देखि १३ प्रतिशतमा निक्षेप उठाएकोमा अहिले ओरालो लाग्न थालेको छ । यस्तै कर्जामा पनि १५ प्रतिशतसम्म ब्याजदर पुगेकोमा त्यो पनि तल आइसकेको छ । पहिलाकोभन्दा केही स्थिर अवस्था देखिएको छ । यसले निरन्तरता पाएमा केही समयपछि ब्याजदर सस्तो हुनेछ । आगामी वर्ष ब्याजदरमा भोलाटालिटी कम देखिनु भनेकै बजार स्थिरतर्फ उन्मुख हुनु हो । किनभने यसमा जहिले पनि जोखिम हुन्छ । निक्षेपको दर एक अङ्कमा झरेकाले अब ब्याजदर विस्तारै कम हुँदै जान्छ । असारदेखि असोजसम्म बजारमा पर्याप्त तरलता हुन्छ र ब्याजदर पनि कम हुने सम्भावना छ ।

यदि मर्जरमा जाने हो भने अब ढिलाइ गरिनु हुन्न । छानेर, मिलेर, छलफलबाट सहमति गरेर जानु राम्रो हो । अहिलेसम्म बजारमा हल्ला मात्र चलेको छ । हामीले गरेको कुरा ठोस रुपमा आएको छैन । एउटा चरणमा पुगेपछि जानकारी बजारमा आइहाल्छ ।

यहाँले आगामी दिन राम्रो छ भन्नुभयो, अघिल्ला वर्षको जस्तो क्रेडिट क्रञ्चको समस्या आउने सम्भावना कत्तिको छ ?

नेपाल राष्ट्र बैङ्कले ब्याजदर अन्तर (स्प्रेड) लाई ४.५ प्रतिशतमा झारिसकेको छ । असारसम्म स्प्रेडदर ४.५ प्रतिशतमा ल्याउनुपर्छ । त्योभन्दा बढी बैङ्कले कमाउन पाउँदैनन् । स्प्रेडदरले ब्याजदर घटाउन ठूलो सहयोग गर्छ । अर्कोकुरा क्रेडिट क्रञ्चको समस्या ३ वर्षदेखि झेल्दै आएका छौँ । अब यसको प्रक्षेपण गर्न सक्ने अवस्थामा पुगेका छौँ । अहिलेको स्थिर सरकारले खर्च बढाउन सक्यो भने मुद्रा बजारमा राम्रो होला । हामी सकारात्मक छौँ ।

बैङ्कको सङ्ख्या धेरै भएको भन्ने सरकार र राष्ट्र बैङ्कले भन्दै आएका छन् । अब बैङ्क मर्जरमा जाने कुरा चल्न थालेको छ । मेगाले के गर्दै छ ?

हामी पनि बजारभन्दा बाहिर जान सक्दैनौँ । अर्थमन्त्री र राष्ट्र बैङ्कबाट विग मर्ज अत्यावश्यक भन्ने अवधारणा आएपछि सबै वाणिज्य बैङ्क मर्जरमा जानका लागि बाध्य भएका छन् । हामी पनि यही बजारमा भएकाले मेगाको सोच पनि यो आवश्यक हो भन्ने छ । यस बारेमा हामीले पनि सोच बनाइसकेका छौँ । यदि मर्जरमा जाने हो भने अब ढिलाइ गरिनु हुन्न । छानेर, मिलेर, छलफलबाट सहमति गरेर जानु राम्रो हो । अहिलेसम्म बजारमा हल्ला मात्र चलेको छ । हामीले गरेको कुरा ठोस रुपमा आएको छैन । एउटा चरणमा पुगेपछि जानकारी बजारमा आइहाल्छ ।

स्रोतलाई अलिकति सहज गर्न सके राम्रो हुने थियो । सरकारको स्थानीय तहमा गएको कोष ५० प्रतिशत लिने व्यवस्थालाई १०० प्रतिशत गरे अझ सहज हुने थियो । क्रेडिट क्रञ्च देखिएका बेला पुनर्कर्जा सीमालाई दोब्बर बढाएदेखि राम्रो हुन्छ । पुनर्कर्जा ३५ अर्ब रुपैयाँ उपयोग भइसकेको छ । बजारबाट अर्को ३५ अर्बको माग आएको छ । बजारको मागअनुसार पूरा गर्ने रकम व्यवस्था हुनुपर्छ ।

कर्जाको दबाब कति बढेको छ ?

कर्जाको दबाब अधिक छ । मुलुकमा स्थिर सरकार र राजनीति स्थिरता आइसकेकाले उद्योगी व्यवसायीको हौसला बढेको छ । निजी क्षेत्रबाट कर्जाको माग पनि बढेको छ । माग धेरै कम भएमा कुनै बेला ६ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरेका थियौं । निक्षेपको ब्याजदर घटेर १ प्रतिशतमा पुगेको थियो, अहिले त्यो अवस्था छैन । अहिले मुलुकको अवस्था राम्रो भएकाले कर्जाको माग बढेको हो । स्रोत नभएको पनि हैन, छ तर, यतिले पुगेन । मुलुकको आर्थिक वृद्धि नै ७ प्रतिशतमा पुगेको छ । यो राम्रो वृद्धि भएको छ । बाहिरबाट ऋण ल्याउन सके कर्जाको माग पूरा गर्न सक्छौँ ।

राष्ट्रिय योजना आयोगले २५ वर्षे दीर्घकालीन आर्थिक वृद्धिको योजना ल्याएको छ । यो ५ वर्षमा ९.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ । हामी सही दिशामा छौँ, त्यसैले स्रोतको व्यवस्थापन गर्दै जानु चुनौती छ । माग पुर्याउन सबै बैङ्कको कोसिस छ, जेठदेखि वातावरण सहज हुने अनुमान गरिएको छ ।

लगातार ३ वर्षदेखि क्रेडिट क्रञ्चको समस्या आएपछि विदेशी बैङ्क तथा वित्तीय संस्थाबाट ऋण ल्याउन खुला गरेको छ । बैङ्कहरुले ल्याउन चासो देखाएनन्, किन होला ?

विदेशबाट ऋण ल्याउन सहज छैन । मुलुको सार्वभौम रेटिङ आवश्यक छ । बैङ्कहरुले आ–आफ्नो रेटिङ गरिरहेका छन् । मुलुकको रेटिङपछि लागत निर्धारण हुन्छ । हामी त्यसतर्फ लागेका छौँ । रेटिङ नगरी ऋण लिँदा ब्याज महँगो हुन जान्छ, त्यो ऋण ल्याएर यहाँ लगानीका लागि सम्भव पनि नहुन सक्छ । कतिपय बैङ्कले विदेशबाट ऋण ल्याउन थालिसकेका छन् । धेरै बैङ्कले विदेशबाट ऋण लिनका लागि केन्द्रीय बैङ्कमा निवेदन दिएको जानकारी आएको छ । हामी पनि विदेशी साझेदारसँग छलफल गरिरहेका छौँ । विदेशबाट ऋण लिँदा निक्षेप लागत मिल्नुपर्छ ।

बैङ्कको पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) कति पुगेको छ ?

अहिले ८० प्रतिशतको हारहारीमा सीसीडी रेसियो छ । अहिलेको अवस्थामा थप कर्जा लगानी गर्न सक्ने अवस्थामा छैनौँ । कसैको ८० भन्दा केही कम होला । समग्र बजार ८० प्रतिशत हाराहारीमा देखिएको छ ।

आवश्यक पूर्वाधार नपुगेकाले बैङ्कहरुले शाखा विस्तार गर्न नसकेका हुन् । पूर्वाधार तयार हुन साथ बैङ्क सबै स्थानीय तहमा पुग्ने छन् । मेगाको कुरा गर्दा हामीले १८ स्थानीय तहमा शाखा विस्तार गरिसकेका छौँ । अझै केहीमा विस्तारको तयारीमा छौँ । हाम्रो अहिले १०२ ओटा शाखा सञ्चालनमा छन् । थप १० ओटा शाखा थप्न लागेका छौँ ।

कुनै ठूला परियोजनालाई कर्जाको माग आयो भने दिन सकिने अवस्था छ ?

ठूलो लगानी गर्न बैङ्कहरुलाई गाह्रो छ । जेठपछि तरलताको अवस्था अझ सहज हुने अनुमान गरेका छौँ ।

बजेट मौद्रिक नीतिलाई, कस्तो सहयोग गरोस् भन्ने यहाँको सुझाव छ ?

बजेटबाट निर्देशित भएर मौद्रिक नीति आउने हो । बजेट कार्यन्वयनमा मौद्रिक नीतिको ठूलो सहयोग हुन्छ । बैङ्कहरुले स्रोत व्यवस्थापन गरेर मौद्रिक नीतिमा सहयोग गर्ने हो । उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार हुनुपर्छ । क्रेडिट क्रञ्च सहज हुने किसिमले बजेट आउनुपर्छ । स्रोतलाई अलिकति सहज गर्न सके राम्रो हुने थियो । सरकारको स्थानीय तहमा गएको कोष ५० प्रतिशत लिने व्यवस्थालाई १०० प्रतिशत गरे अझ सहज हुने थियो । क्रेडिट क्रञ्च देखिएका बेला पुनर्कर्जा सीमालाई दोब्बर बढाएदेखि राम्रो हुन्छ । पुनर्कर्जा ३५ अर्ब रुपैयाँ उपयोग भइसकेको छ । बजारबाट अर्को ३५ अर्बको माग आएको छ । बजारको मागअनुसार पूरा गर्ने रकम व्यवस्था हुनुपर्छ ।

सरकारले ७५३ ओटा स्थानीय तहमा बैङ्कको शाखा पुर्याउने भनेको थियो । अझै पनि पुग्न सकेको छैन, बैङ्कहरु अनिच्छुक भएर हो ?

आवश्यक पूर्वाधार नपुगेकाले बैङ्कहरुले शाखा विस्तार गर्न नसकेका हुन् । पूर्वाधार तयार हुनासाथ बैङ्क सबै स्थानीय तहमा पुग्ने छन् । मेगाको कुरा गर्दा हामीले १८ स्थानीय तहमा शाखा विस्तार गरिसकेका छौँ । अझै केहीमा विस्तारको तयारीमा छौँ । हाम्रो अहिले १०२ ओटा शाखा सञ्चालनमा छन् । थप १० ओटा शाखा थप्न लागेका छौँ ।

अरु शाखा विस्तार गर्ने भएका छौँ । शाखाको लागत पनि उच्च छ । अनचार्टर्ड क्षेत्रमा बैङ्क पुग्दा निक्षेपको आकार पनि बढ्दो रहेछ, यो सकारात्मक कुरा हो । यसले हौसला पनि बढेको छ । बैङ्क नपुगेको क्षेत्रमा पुग्ने मेगाको योजना हो, सरकारले भनेका स्थानमा हामी पुग्ने छौँ ।

नाफा बढाउन नसकेपछि सञ्चालक समितिको दबाबमा केही समययता वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले राजीनामा गर्न थालेका छन् । मेगामा पनि यहाँलाई नाफा बढाउने दबाब कत्तिको छ ?

कसरी अघि बढ्ने भन्ने विषयमा सञ्चालक समितिमा छलफल भइरहेको हुन्छ । यसले अझ अघि बढ्नका लागि सहज हुने छ । मेगा कुनै एउटा समूहको बाहुल्यता भएको बैङ्क हैन, ६३ जिल्लामा रहेका मध्यमवर्गीय लगानीकर्ताले स्थापना गरेको बैङ्क हो । सुरुमा १ हजार २ सय संस्थापक सेयरधनी भएको बैङ्क हो । अहिले संस्थापक सेयरधनीको सङ्ख्या बढेर ३ हजार र २ लाख सेयरधनी छन् । सेयरधनी सङ्ख्या र पुँजीगत आधारमा दोस्रो ठूलो वाणिज्य बैङ्क भएका छौँ ।

हामी ग्राहकको मन जितेर व्यवसाय विस्तार गरिरहेका छौँ । यस्तै आन्तरिक रुपमा पनि कर्मचारीलाई खुसी नै राखेका छौँ । उहाँहरुको विश्वास जितेर बोर्डले पास गरेका नीति कार्यान्वयन र बैङ्कको गुडविल बढाउने काम कर्मचारीले गरिरहनु भएको छ ।

मेगाको पुँजी बढेर १० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पुँजीगत आधारमा ठूलो बैङ्क भएकाले मेगामा निक्षेप राखेर ढुक्क हुने अवस्था छ । पुँजीगत आकार बढेकाले जति कमाए पनि लगानीकर्ताले पाउने लाभांश कम हुँदोरहेछ । ८ अर्ब पुँजी भएको भन्दा साढे १० अर्ब पुँजी भएको बैङ्कले दिने लाभांश कम हुँदो रहेछ । त्यसैले सेयरधनीलाई जाने प्रतिफल ८ अर्ब रुपैयाँ बैङ्ककोभन्दा मेगाको कम छ । यसलाई बढाउन हामीमाथि चुनौती छ ।

सञ्चालक समितिबाट पञ्चवर्षीय योजना तयार पारेका छौँ । प्रत्येक वर्ष के गर्ने सबै योजनामा उल्लेख छ । त्यसैले गर्दा हामी लगानीकर्तालाई राम्रो प्रतिफल दिन मेहनत गरिरहेका छौं । सञ्चालक समितिको नाफा बढाउने सोच हुनु स्वाभाविक हो । सीईओलाई अप्ठेरो पार्ने र दबाब दिने काम सञ्चालक समितिबाट भएको छैन । मैले यहाँ काम गरेको ९ वर्ष भइसक्यो । सीईओ भएको पनि १ वर्ष पूरा भयो । यसबीचमा मलाई यस्तो दबाब आएको छैन ।

हामी ग्राहकको मन जितेर व्यवसाय विस्तार गरिरहेका छौँ । यस्तै आन्तरिक रुपमा पनि कर्मचारीलाई खुसी नै राखेका छौँ । उहाँहरुको विश्वास जितेर बोर्डले पास गरेका नीति कार्यान्वयन र बैङ्कको गुडविल बढाउने काम कर्मचारीले गरिरहनु भएको छ । त्यसकाे फलस्वरूप हाम्रा ग्राहक मेगालाई विश्वास गरेर निक्षेप राख्न र ऋण लिन आउनु हुन्छ ।

मेगाले ५ वर्षीय व्यावसायिक योजना बनाएको छ । यसका मूल सूचक के हुन् ?

योजनाले मूलतः ३ ओटा कुरालाई हेरेको छ । निक्षेप र कर्जा परिचालन बढाएर नाफा ३ अर्ब रुपैयाँ गर्ने लक्ष्य लिएका छौँ । यो लक्ष्य पूरा गर्न निक्षेप र कर्जा लगानीको आकार अहिलेकोभन्दा दोब्बर बढाउनु पर्छ ।

आउँदो ५ वर्षमा वाणिज्य बैङ्कबीच मेगा कुन स्तरमा पुग्ने छ ?

२८ मध्ये २३ औँ  स्थानबाट १९ औँ नम्बरमा आएका छौँ । अब १५ औँ स्थानमा कसरी पुर्याउने भन्ने हो । यसका लागि हामी निरन्तर लागिरहेका छौँ र यो नियमित प्रक्रिया पनि हो ।