१ करोड ७५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कसको कति (सूचीसहित)

सबैभन्दा बढी सोल्टी होटलको रहेको छ । सोल्टीको ६६ लाख ६१ हजार १६३, हिमालयनको ४० लाख ५७ हजार २६५ र एसबीआई बैङ्कको ४० लाख २३ हजार ४५२ कित्ता रहेको नेप्सेले जनाएको छ ।

काठमाडौं । यो साता विभिन्न ९ कम्पनीको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । ९ कम्पनीको १ करोड ७४ लाख ९५ हजार ९८ कित्ता सेयर रहेको नेप्सेले जनाएको छ ।

हिमालयन बैङ्क, नेपाल एसबीआई बैङ्क, सोल्टी होटल लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मिसन डेभलपमेन्ट बैङ्क, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, भार्गव विकास बैङ्क र काबेली विकास बैङ्कको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सबैभन्दा बढी सोल्टी होटलको छ । सोल्टीको ६६ लाख ६१ हजार १६३, हिमालयनको ४० लाख ५७ हजार २६५ र एसबीआई बैङ्कको ४० लाख २३ हजार ४५२ कित्ता रहेको नेप्सेले जनाएको छ ।

स्पर्श लघुवित्तको आईपीओ र ८ कम्पनीको बोनस सेयर रहेको छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयधनीलाई बोनस सेयर वितरण गरेपछि कारोबारका लागि नेप्सेमा सूचीकृत भएका हुन् ।