नविलको सेयर मूल्य प्रतिकित्ता ८४१ रुपैयाँ छ । यस्तै सिभिलको मूल्य फेसभ्यालु नजिक अर्थात १५२ रुपैयाँ रहेको नेप्सेले जनाएको छ । वाणिज्य बैङ्कको सेयर मूल्य १ हजार रुपैयाँ भन्दा कम रहेको छ । ५०० रुपैयाँ भन्दा माथि सेयर मूल्य हुनेमा ५ ओटा वाणिज्य बैंङ्क छन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत २७ वाणिज्य बैङ्क मध्ये सबैभन्दा महंगो सेयर नविल बैङ्कको रहेको छ । यस्तै सबैभन्दा कम सेयर मूल्य हुनेमा सिभिल बैङ्क देखिएको छ । बजार पुँजीकरणमा पनि नविल नेपाल टेलिकमपछि दोस्रो स्थानमा छ ।
नविलको सेयर मूल्य प्रतिकित्ता ८४१ रुपैयाँ छ । यस्तै सिभिलको मूल्य फेसभ्यालु नजिक अर्थात १५२ रुपैयाँ रहेको नेप्सेले जनाएको छ । वाणिज्य बैङ्कको सेयर मूल्य १ हजार रुपैयाँ भन्दा कम रहेको छ । ५०० रुपैयाँ भन्दा माथि सेयर मूल्य हुनेमा ५ ओटा वाणिज्य बैंङ्क छन् ।
नविलपछि स्ट्याण्डर्ड चाटर्डको ६९०, एभरेष्टको ६६५, हिमालयनको ५७८ र नेपाल इन्भेष्टमेन्ट बैङ्कको ५६२ रुपैयाँ सेयर मूल्य रहेको छ ।
यस्तै सेयर मूल्य २०० रुपैयाँ भन्दा कम हुनेमा सिभिलको अतिरित्त सेन्चुरी कमर्शियलको १७६ र मेगाको १९३ रुपैयाँ छ । पछिल्लो समयमा सेयर बजारमा सुधार आएपछि धेरै बैङ्कको सेयर मूल्य बढेर २०० रुपैयाँ माथि पुगेको छ ।
२०० देखि ५०० रुपैयासम्म सेयर मूल्य हुने बैङ्कको संख्या धेरै छ । यस रेन्जमा सेयर मूल्य हुनेमा एनआईसी एसियाको ४८८, नेपाल एसबीआईको ४८३, कृषि विकासको ३८८, बैङ्क अफ काठमाण्डुको २७६, सिटिजन्सको २२४, ग्लोवल आईएमई बैङ्कको ३१० रुपैयाँ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।
यस्तै जनताको २०४, कुमारीको २२३, लक्ष्मीको २२९, माछापुच्छे्को २६६, नेपाल बंगलादेशको २२८, नेपाल बैङ्कको ३१२, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) को २४६, एनएमबीको ३८०, प्रभुको २८१, प्राइमको ३५५, सानिमाको ३५६, सिद्धार्थको ३४२ र सनराइज बैङ्कको २५३ रुपैयाँ रहेको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कले सर्वसाधारणलाई सेयर निष्कासन गरेको छैनन् । एनसीसी बाहेक सबै बैङ्कले चुत्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन् ।