सूर्या लाइफले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीको शुक्रबार बसेको २४० औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १४ करोड २९ लाख ७६ हजार रुपैयाँ बोनस सेयरको प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
बिमा समितिबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जानकारी दिएको छ ।