प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषमा रहेको प्रमोटर सेयर बिक्री गर्दै, न्युनतम मूल्य २५००

बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ २१ गतेलाई तोकिएको ग्लोबलले जनाएको छ ।

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर (प्रमोटर) बिक्री गर्ने भएको छ । कम्पनीले कोषमा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

सेयर बिक्री गर्न कम्पनीले प्रस्ताव आह्वान गरेका छ । बैङ्क तथा वित्तीय संस्था, बिमालगायत संस्थागत लगानीकर्तालाई प्रस्ताव आह्वान गरेको छ । संस्थापक सेयरको न्युतम मूल्य २ हजार ५०० रुपैयाँ तोकेको छ ।

सो रकम भन्दा तल प्रस्ताव गर्न नपाइने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ २१ गतेलाई तोकिएको ग्लोबलले जनाएको छ ।