सिद्धार्थको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १३ करोड ४० लाख ८१ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई १५.४८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिद्धार्थको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १३ करोड ४० लाख ८१ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
कम्पनीको चुत्तापुँजी ८६ करोड ५९ करोड १८ लाख रुपैयाँ रहेको छ । पुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । बोनस वितरणपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ पुग्ने छ ।
नियामक निकायको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।