एकैदिन १ करोड २५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति ?

प्रभु बैङ्कको बोनस र प्रोगेसिभ फाइनान्स लिमिटेड हकपद्र सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । प्रभुको ६५ लाख ८७ हजार १५८ र प्रोगेसिभको ५९ लाख १ हजार कित्ता रहेको छ ।

काठमाडौं । एकैदिन दुई कम्पनीको बोनस र हकप्रद गरी १ करोड २४ लाख ८८ हजार १५८ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ ।
प्रभु बैङ्कको बोनस र प्रोगेसिभ फाइनान्स लिमिटेड हकपद्र सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । प्रभुको ६५ लाख ८७ हजार १५८ र प्रोगेसिभको ५९ लाख १ हजार कित्ता रहेको छ ।
प्रभुले नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएको हो । उसले पुँजी बढाउन बोनस सेयर वितरण गरको छ । यस्तै प्रोगेसिभले पनि पुँजी बढाउन हकप्रद निष्कासन गरेको हो ।