ब्रान्डेड सामानतिर आकर्षित हुने क्रम बढ्दो छ

रातारात धनी हुने सपना पालेका व्यापारीले न्यून बीजकीकरण गरेर सामान नेपाल ल्याउँछन् र उपभोक्ताबाट धेरै रकम लिन्छन् । अहिलेको मूल्य समस्या भनेको त्यही हो । त्यसलाई कन्ट्रोल गर्ने एउटा मात्रै उपाय छ– फ्याक्ट्रीमै एनपीआर राखेर नेपाल सामान ल्याउने । त्यसो हुनेबित्तिकै ८० प्रतिशत समस्या समाधान हुन्छ ।

व्यवसायमा तपाईंको प्रवेश कसरी भयो ?

म व्यापारिक पृष्ठभूमिको मान्छे होइन । मेरा बुबा वीरगन्जमा शिक्षण गर्नुहुन्थ्यो । मैले पनि ब्याचलर पास गरेपछि शिक्षण पेसा अँगाल्ने सोच बनाएर बसेको थिएँ । बुबाको इच्छा पनि म शिक्षक भएको देख्ने थियो । तर, वीरगन्जका एकजना व्यापारीको सुझाव र सल्लाहले मैले व्यवसायमा हात हालेँ । जागिरभन्दा व्यवसाय गर, त्यो दिगो हुन्छ भनेर प्रोत्साहन गरेपछि म व्यवसायतिर लागेँ । उहाँले मलाई व्यवसाय गर्न प्रोत्साहन मात्रै गर्नुभएन, व्यवसायको आइडिया पनि दिनुभयो । उहाँकै कारण आज म यो ठाउँमा छु । ती व्यवसायीसँग मैले भनेँ, ‘मसँग पैसा छैन, कहाँबाट पैसा ल्याएर व्यवसाय गर्ने ?’ त्यसपछि उहाँले भन्नुभयो, ‘तिमी व्यवसाय सुरु गर, पैसाको चिन्ता नलेऊ ।’ त्यहीबेला मेरो माध्यमिक तहको शिक्षकमा नाम पनि निस्किएको थियो । तर, मैले शिक्षण पेसालाई नअँगाल्ने निर्णय गरेँ । र, २०५७ साल असोजमा व्यवसाय सुरु गरेँ । पहिलो व्यवसाय कपडाको थियो । त्यो बेला भारतबाट कपडा ल्याउने र नेपालमा बेच्ने काम गर्थें । व्यवसाय चल्दै गर्दा मैले काठको व्यवसाय पनि सुरु गरेँ । त्यसपछि जग्गाजमिनको पनि व्यवसाय गरँे ।

१७ वर्षको अवधिमा विभिन्न व्यवसाय गर्नुभयो । अहिले ब्रान्डेड आउटलेटतिर प्रवेश गरिराख्नुभएको छ । यसमा नेपालीहरु कन्सस हुन थालेको हो ?

मैले १७ वर्षको अवधिमा धेरै व्यवसाय गरेँ । कति व्यवसाय बीचमै छोडेँ, कति अहिले पनि छँदै छ । बीचमा मैले काठमाडौँमा एउटा अफिस पनि स्थापना गरेँ । नेपालीहरु विदेश जाने, त्यहाँबाट फर्किएर आउँदा ब्रान्डप्रति ‘कन्सस’ हुन थालेसँगै मैले त्यो माग पूरा गर्न नयाँ व्यवसाय सुरु गरेँ । त्यो बेला म दिल्ली, बनारस, कलकात्तालगायत ठाउँबाट सामान ल्याएर बिक्री गर्थें । अहिले नेपालीहरुमा ब्रान्डप्रति चासो राख्ने क्रम बढेको छ । २०६१ सालमा मैले न्युरोडमा पहिलो सोरुम खोलेर व्यवसाय सुरु गरेँ । अन्सु इलेक्ट्रोनिक्स इन्टरनेसनल भन्ने कम्पनी पनि दर्ता गरेँ । यहीबीचमा मैले कम्पनीहरु बढाउँदै लगेको थिएँ । त्यसै बखतमा मैले आरपी टे«डर्स नामक कम्पनी पनि दर्ता गरँे । त्यो बेला मैले केही सामान सोरुममा ‘सो’ गरेर राखेको थिएँ । ग्राहकलाई थप सामान हेर्न मन लागेको अवस्थामा गोदाममा लिएर जाने गर्थें ।

विभिन्न ब्रान्डेड सामानहरुको सोरुम खोलिराख्नुभएको छ । उपभोक्ताहरुको सपिङ कल्चर कस्तो पाइराख्नुभएको छ ?

उपभोक्ताहरु सोरुममा आउने, सामान छान्ने र गोदामबाट गएर सामान छानीछानी लान पाउने भएकाले सोरुमको व्यापार राम्रो हुन्छ । त्यही भएर विभिन्न ब्रान्डका सोरुम काठमाडौँमा बढ्दै गएको छ । हामीले पनि विभिन्न क्षेत्रमा ब्रान्डेड आउटलेट बढाइराखेका छौँ । हाम्रो कपडाको माग बढ्दै गएको र विभिन्न स्थानमा शाखा आवश्यक प¥यो भन्ने सुझाव आएकाले नयाँ सोरुम खोलेको हो । उपभोक्ताहरु थाइल्यान्ड, हङकङ, दिल्लीलगायतका ठाउँमा बनेका सामान प्रयोग गर्न थालेपछि ती उपभोक्ताको रोजाइ पूरा गर्न मैले विभिन्न ब्रान्ड नेपाल ल्याउन थालँे ।

अहिले कुनकुन ब्रान्डलाई नेपालमा प्रवेश गराइसक्नुभएको छ ?
सुरुमा इलाटीको ब्रान्ड डा मिलानो इटालिया नेपालमा भियभयाइएको हो । मैले इटालीको ब्रान्ड ल्याएपछि ‘इन्डियन टेरिन’ पनि नेपाल ल्याएँ । डब्ल्यू, औरेलियालगायत ब्रान्ड ल्याएँ । लुई फिलिप्सका साथै फ्रान्सको ब्रान्ड सेलियो पनि नेपाल भियभयाएँ । त्यसैगरी, भारतको चर्चित ब्रान्ड सत्य पाउलको पनि बिक्री गरिरहेको छु । रोसो ब्रुनेलो, डिल जिन्सलगायत १७ ओटा अन्तर्राष्ट्रिय ब्रान्ड भइसकेका छन् ।

एउटै ग्रुपले यति धेरै ब्रान्ड नेपालमा भियभयाएको छ । आफंैले भियभयाएको ब्रान्डबीच पनि त प्रतिस्पर्धा होला नि ?

नेपालमा अहिलेसम्म एउटा ग्रुपले यति धेरै ब्रान्ड भियभयाएको छैन, त्यो काम गर्ने आरपी गु्रप नै हो । विदेशी ब्रान्ड नेपाल भियभयाउँदा एउटा स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ । उपभोक्ता धेरै सचेत भइसकेका छन् । कुनै उपभोक्ताले एउटा ब्रान्ड लगायो, त्यो नक्कली प¥यो भने आजीवन त्यो ब्रान्ड लगाउँदैन । त्यसैले व्यवसायी आफैं सचेत भएन भने पछि व्यवसाय चौपट हुन सक्छ । हामीले फरकफरक ब्रान्ड भियभयाएका छौँ, सबै ब्रान्डका लक्षित उपभोक्ता छन् । उनीहरुको रोजाइ फरकफरक छ । प्रतिस्पर्धा सामान्य छ ।

अझै पनि सस्तो बजारमै गएर सपिङ गर्ने जमात ठूलो छ । यस्तो बेलामा कसरी अन्तर्राष्ट्रिय ब्रान्डतिर आकर्षित गर्न सकिन्छ ?

गुणस्तरहीन सामान प्रयोग गर्दा त्यसको रङ पूरै उडेर जान्छ । जस्तो, चाइनिज सर्ट लियो भने एकचोटि धुँदा त्यसमा भएको सम्पूर्ण कलर जान्छ । त्यसैगरी, टाँक खुस्किने, धागो निस्किनेलगायत धेरै समस्या हुन्छ । यस्तो सामान एकचोटि त उपभोक्ताले खरिद गर्ला, पछि धोका खाएपछि उसले कहिल्यै किन्दैन । र, ऊ अल्टिमेट्ली ब्रान्डेड सामानतिर नै आँखा लाउँछ ।

सस्तो सामानमा मात्रै होइन, ब्रान्डेड सामानमा पनि उपभोक्ता ठगिन्छन् भन्ने देखिएकै छ । यस्तो अवस्थामा उपभोक्ताले कसरी ब्रान्डेड सामानमा विश्वास गर्ने ?

अहिले उपभोक्ता मूल्यमा ठगिएका हुन् । अब व्यापारीले के भन्नुप¥यो भने, नेपाल भित्रिने सामानमा सबैमा एनपीआर मूल्य राख्न लगाउनुप¥यो । नेपाल भित्रिने हरेक सामानमा नेपाली मूल्य राखेर पठाउन लगाउनुप¥यो । एनपीआर लागेर आयो भने कसैले पनि केही गर्न पाउँदैन । उपभोक्ताले पनि ढुक्क भएर सामान खरिद गर्न सक्छन् । सरकारले पनि ढुक्क भएर अनुगमन गर्न सक्छ । उपभोक्ता किन ठगिँदैनन् भने भन्सारले त एनपीआरमा मूल्य लागेर आएको सामान हेर्छ । सोहीअनुसार भन्सार महसुल तिरेको हुन्छ । त्यसपछि उपभोक्ता ठगिने सम्भावनै रहँदैन ।

धेरै नाफा कमाउनकै लागि व्यापारीले न्यून बीजकीकरण गरेर सामान नेपाल ल्याइरहेका छन् । यसलाई कन्ट्रोल गर्ने उपाय के छ ?

हो, रातारात धनी हुने सपना पालेका व्यापारीले न्यून बीजकीकरण गरेर सामान नेपाल ल्याउँछन् र उपभोक्ताबाट धेरै रकम लिन्छन् । अहिलेको मूल्य समस्या भनेको त्यही हो । त्यसलाई कन्ट्रोल गर्ने एउटा मात्रै उपाय छ– फ्याक्ट्रीमै एनपीआर राखेर नेपाल सामान ल्याउने । त्यसो हुनेबित्तिकै ८० प्रतिशत समस्या समाधान हुन्छ । अहिले काठमाडौँको ८० प्रतिशत पसलले विदेशी मूल्यलाई ‘टिपेक्स’ गराएर जथाभावी नेपाली मूल्य राखेका छन् । त्यहीँबाट उपभोक्ता ठगिएका हुन् ।