लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, १०३ करोडको कारोबार

नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३१४ रुपैयाँमा १० करोड ३१ लाख ४९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । शिवम् सिमेन्ट लिमिटेडको प्रतिकित्ता ५४६ रुपैयाँमा ८ करोड ४१ लाख ३६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली छाएको छ । मङ्गलबार बजार १४ अङ्क बढेर नेप्से परिसूचक १ हजार ३ सय १५ अङ्कमा पुगेको छ ।

मङ्गलबार १ अर्ब ३ करोड ७२ लाख रुपैयाँबराबरको ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर किनबेच भएको छ । नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३१४ रुपैयाँमा १० करोड ३१ लाख ४९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । शिवम् सिमेन्ट लिमिटेडको प्रतिकित्ता ५४६ रुपैयाँमा ८ करोड ४१ लाख ३६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

मङ्गलबार राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक र साधारण, शिवम् सिमेन्टको सेयर मूल्य बढेपछि लगानीकर्ताले कमाएका छन् । यस्तै भार्गव विकास बैङ्कका लगानीकर्ताले पनि कमाएका छन् ।

मङ्गलबार व्यापारबाहेक सबै परिसूचकमा हरियाली छाएको छ । बैङ्क तथा वित्त, जलविद्युत्, बिमा, उत्पादन, लघुवित्तलगायत सबैको सेयर मूल्य बढेको छ ।