एक सय हेक्टर नयाँ माछा पोखरी थपिने

ब्लक कार्यक्रमअन्तर्गत माछापालक कृषकलाई नयाँपोखरी खन्नका लागि दुई करोड ५४ लाख रूपैयाँ अनुदान दिन लागिएको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख डा विजय श्रेष्ठले जानकारी दिए । यसका लागि अहिले ब्लक समितिभित्र रहेका कृषकसँग सम्झौता भइरहेको उनले बताए ।