शिवम सिमेन्टका लगानीकर्ताले कमाए २४१ रुपैयाँ

बैशाख ९ गतेदेखि शिवमको सेयर मूल्य निरन्तर बढ्दै गएको छ । उद्योगले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५ करोड रुपैयाँ खुदनाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेपछि लगानीकर्ता शिवममा झुम्मिएका छन् ।

काठमाडौं । पछिल्लो समयमा शिवम सिमेन्ट लिमिटेडको सेयर मूल्य उकालो लागेको छ । गत बैशाख ९ गते प्रतिकित्ता ३०५ रुपैयाँमा कारोबार भएको शिवमको सेयर मूल्य बढेर मंगलबार ५४६ रुपैयाँ पुगेको छ ।

झण्डै ३ साताको अवधिमा शिवमका लगानीकर्ताले २४१ रुपैयाँ नाफा कमाएका छन् । बैशाख ९ गतेदेखि शिवमको सेयर मूल्य निरन्तर बढ्दै गएको छ । उद्योगले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ५ करोड रुपैयाँ खुदनाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेपछि लगानीकर्ता शिवममा झुम्मिएका छन् ।

सेयर मूल्य पनि निरन्तर उकालो लागेको छ । मंगलबार पनि शिवमको सेयर १० प्रतिशत बढेपछि नेपाल स्टक एक्सचेन्जले सर्किट ब्रेकर लगाएर रोकेको थियो । शिवमको सेयर मूल्य बढेर बजार पुँजीकरण २४ अर्ब ४ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

शिवमको सेयर मूल्य अझै उकालो लाग्ने देखिएको छ । शिवमले प्रतिकित्ता ३०० प्रिमियम दरमा साधारण सेयर निष्कासन गरेको थियो ।