म्युचअल फण्ड निष्कासन बन्द छिटोमा जेठ १३ र ढिलोमा असार ८ गते हुने योजना व्यवस्थापक सीबीआईएलले जनाएको छ । न्युनतम १०० देखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिने पाइने छ ।
काठमाडौं । सिटिजन्स बैङ्कले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचअल फण्ड २ निष्कासन गर्न लागेको छ । बैङ्कले सहायक कम्पनी सिबीआईएल क्यापिटल लिमिटेडमार्फत १० करोड इकाइ म्युचअल फण्ड जेठ ९ गतेदेखि निष्कासन गर्न लागेको हो ।
म्युचअल फण्ड निष्कासन बन्द छिटोमा जेठ १३ र ढिलोमा असार ८ गते हुने योजना व्यवस्थापक सीबीआईएलले जनाएको छ । न्युनतम १०० देखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिने पाइने छ ।
कुल निष्कासनको १५ प्रतिशत अर्थात १ करोड ५० लाख कित्ता सिटिजन्स बैङ्कलाई सुरक्षित राखी ८ करोड ५० लाख कित्ता निष्कासन गर्न लागेको हो । योजनाको अवधि ७ वर्ष रहेको छ ।