लाभाँश दिने प्रस्ताव पारितका लागि जेठ २४ गते कम्पनीको २२ औं वार्षिक साधारणसभा हुने भएको छ ।
काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले १२.६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभाँश दिने प्रस्ताव पारितका लागि जेठ २४ गते कम्पनीको २२ औं वार्षिक साधारणसभा हुने भएको छ ।
होटलले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २३ करोड ८३ लाख १४ हजार रुपैयाँ नगद लाभांश बाड्ने प्रस्ताव गरेको हो ।
कम्पनीको पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ । जेठ ३ देखि २४ गतेसम्म सेयर दाखिला बन्द गरिएको होटलले जनाएको छ ।