काठमाडौं । विश्वकै पाचौं अग्लो हिमालको रुपमा रहेको मकालु हिमालमा बुधबार सात जनाले सफल आरोहण गरेका छन् । ४ जना विदेशीसहित ३ जना आरोहीले बुधबार बिहान आरोहण गरेको सेभेन समिटले जानकारी दिएको छ ।
आरोहण गर्ने विदेशीहरु युएसएका ब्राड एलेन जनसन र सेरा एलिजावेथ, अष्ट्रेलियाका जोन निकोलस ज्याकोबी, ताइवानका युवान चीन च्याङ र स्वीजरल्यान्डका जोस्टी भ्यालेटन रहेका छन् ।
यस्तै शेर्पाहरुमा सोलुखुम्बुका तावा छिरी शेर्पा, दारिन्जी शेर्पा र लाक्पा डेन्डी शेर्पा रहेका छन् ।