कैलाश हेलिकप्टरको लोगोसहितको ब्यानर सर्वाेच्च शिखर सगरमाथामा

काठमाडौं । नेपाली आकाशमा ब्राण्ड भ्यालू बढाउँदै लगेको कैलाश हेलिकप्टरको लोगोसहितको ब्यानर सर्वाेच्च शिखर सगरमाथामा पुराइएको छ ।

मंगलबार सगरमाथा आरोही सिद्धीबहादुर तामाङले कैलाश हेलिकप्टरको लोगोसहित ब्यानरलाई ८ हजार ८ सय ४८ मिटरको चुचुरोमा पुराएका हुन् ।

तामाङ यो सिजनका सगरमाथा आरोहण गर्ने पहिलो आरोही हुन् ।

कैलाश हेलिकप्टरले नेपाली आकाशमा ३ वटा हेलिकप्टरबाट सेवा दिदै आएको छ । फ्रान्समा निर्मित एयरबस एएस बी ३ इ हेलिकप्टर रहेको कैलाशले अर्काे नयाँ हेकिप्टर थप गर्ने योजनासमेत बनाएको छ ।