राष्ट्र बैङ्कले रोक लगाएका बेला श्रृजनशील लघुवित्तले हकप्रद निष्कासन गर्न बोलायो विशेष साधारणसभा

केन्द्रीय बैङ्कले एक आपसमा गाभिन (मर्जर) मा जान दवाव दिइरहेका बेला श्रृजनशीलले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेर चुत्तापुँजी १४ करोड रुपैयाँ पुर्याउन साधारणसभा बोलाएको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले पुँजी बढाउन लघुवित्तलाई हकप्रद सेयर निष्कासन गर्न रोक लगाएका बेला श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ल्याउने तयारी थालेको छ ।

संस्थाले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्नका लागि जेठ १८ गते विशेष साधारणसभा बोलाएको छ । केन्द्रीय बैङ्कले एक आपसमा गाभिन (मर्जर) मा जान दवाव दिइरहेका बेला श्रृजनशीलले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेर चुत्तापुँजी १४ करोड रुपैयाँ पुर्याउन साधारणसभा बोलाएको हो ।

संस्थाको चुत्तापुँजी हाल ७ करोड रुपैयाँ रहेको छ । केन्द्रीय कार्यलय सिरहाको गोलबजार चोहर्वामा रहेको श्रृजनशीलले अधिकृत पुँजी २० करोड रुपैयाँबाट बढाएर ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ । यस्तै व्यवसाय विस्तारका लागि रेमिट्यान्स र बीमा एजेन्टको काम गर्ने प्रस्ताव साधारणसभामा पेश हुने संस्थाले जनाएको छ ।

राष्ट्र बैङ्कले मर्जरमा जान दवाव दिएपछि ५ ओटा लघुवित्तले मर्जरमा जान समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।ओमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तबीच, आरम्भ माइक्रोफाइनान्स, नागवेली लघुवित्त र किसान माइक्रोफाइनान्सबीच मर्जरमा जान एमओयू गरी मर्जर टिम गठन गरिसकेका छन् । सेयर कारोबार पनि रोक्का भइसकेको छ ।

सेयर बजार घटेका अवस्थामा पनि लघुवित्त संस्थाको सेयर ८ अर्ब रुपैयाँ भन्दा बढी पुँजी भएका वाणिज्य बैङ्कको भन्दा बढी छ । केन्द्रीय बैङ्कले ९९ ओटा लघुवित्तलाई अनुमति दिएकोमा ७१ ओटा सञ्चालनमा आइसकेका छन् । १५ ओटा अझै पाइपलाइनमा छन् ।