कञ्चनजङ्घा हिमालमा दुई भारतीयको मृत्यु, चिलीका एक व्यक्ति सम्पर्कविहीन

कञ्चनजङ्घा आरोहणकै क्रममा दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन् ।

काठमाडौं । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा दुई भारतीयको मृत्यु भएको छ । हिमाल आरोहण गरी फर्किने क्रममा ४६ वर्षीय कुन्ताल करार र ४८ वर्षीय विप्लव वैद्यको ज्यान गएको हो ।

सगरमाथा आधारशिविरमा रहेकी पर्यटन विभागकी निर्देशक मीरा आचार्यले उनीहरुको ज्यान गएको पुष्टि गरेकी छिन् । उनीहरुको ८ हजार मिटरभन्दा माथि मृत्यु भएको हो ।

यस्तै कञ्चनजङ्घा आरोहणकै क्रममा दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन् । चुचुरोमा पुगेपछि उनी सम्पर्कविहीन भएको आचार्यको भनाइ छ । कञ्चनजङ्घा विश्वकै तेस्रो अग्लो हिमाल हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ ।