इन्फिनिटी लघुवित्तले जेठ १३ देखि ६ करोड ७४ लाखको आईपीओ निष्कासन गर्ने

आईपीओ निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा असार १० गतेलाई तोकिएको बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाले इक्रा नेपालबाट आईपीओ ग्रेड ४ प्रमाणपत्र पाएको छ ।

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा असार १० गतेलाई तोकिएको बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । संस्थाले इक्रा नेपालबाट आईपीओ ग्रेड ४ प्रमाणपत्र पाएको छ ।

संस्थाले जारी पुँजीको ३२.५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ०.५ प्रतिशत अर्थात १० हजार ३७० कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशत ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

बाँकी ६ करोड २९ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरिने संस्थाले जनाएको छ । आईपीओ निष्कासनपछि संस्थाको चुत्तापुँजी २० करोड ७४ लाख रुपैयाँ पुग्ने छ ।