लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

लुम्बिनीको तीन वर्ग माइल जमीनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरिएको छ । तीन वर्ग माइल भू–भागलाई एक–एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको एक वर्ग माइल क्षेत्रलाई लुम्बिनी ग्राम र मध्यभागमा रहेको दोस्रो खण्डको एक वर्ग माइलको भू–खण्डलाई शैक्षिक, सांँस्कृतिक तथा अन्तर्राष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामकरण गरिएको छ ।