जसमध्ये कृषि विकासको ५१ लाख ३ हजार १२९ र ग्लोबल आईएमईको १ लाख ४४ हजार ७५ कित्ता सुचिकृत भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । कृषि विकास बैङ्क र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् ।
नेप्सेले बिहीबार ५२ लाख ४७ हजार २०४ कित्ता बोनस सेयर सुचिकृत गरेको हो । जसमध्ये कृषि विकासको ५१ लाख ३ हजार १२९ र ग्लोबल आईएमईको १ लाख ४४ हजार ७५ कित्ता सुचिकृत भएको नेप्सेले जनाएको छ ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट दुबै संस्थाले सेयरधनीलाई बोनस सेयर दिएका हुन ।