२०१९ को पहिलो चौमासिकमा पर्यटक आगमनमा दिगो वृद्धि

अध्यागमन विभागका अनुसार २०१९ को पहिलो चौमासिकमा तीन लाख ६२ हजार आठ सय ४० जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल छिरेका छन् भने ८२ हजार दुई सय ६९ जना भूमार्ग हुँदै नेपाल छिरेका छन् ।

काठमाडौं । २०१९ को पहिलो चौमासिकमा चार लाख ४५ हजार एक सय नौ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । २०१८ को यही अवधिको तुलनामा यो १५.३ प्रतिशतको वृद्धि हो ।

अध्यागमन विभागका अनुसार २०१९ को पहिलो चौमासिकमा तीन लाख ६२ हजार आठ सय ४० जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल छिरेका छन् भने ८२ हजार दुई सय ६९ जना भूमार्ग हुँदै नेपाल छिरेका छन् ।

२०१८ को सोही अवधिको तुलनामा भारतबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा १९.१ प्रतिशतले वृद्धि भएर ४४ हजार आठ सय २७ पुगेको छ । यस्तै श्रीलङ्काबाट आउने पर्यटकको सङ्ख्यामा पनि ५५.१७ प्रतिशतले वृद्धि भएको छ । तर, बङ्गलादेशबाट आउने पर्यटकको सङ्ख्यामा भने ३३.५ प्रतिशतले कमी आएको छ ।

सार्क मुलुकबाट आउने सबै पर्यटकको सङ्ख्यामा १९.२२ प्रतिशतले वृद्धि आएको छ । पछिल्लो वर्ष सोही अवधिमा ९७ लाख एक सय ६८ पर्यटक नेपाल आएका थिए ।

यसैगरी सोही अवधिमा ६४ हजार पाँच सय ७८ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको पहिलो चौमासिकको तुलनामा २०.६४ प्रतिशतको वृद्धि हो । यसैगरी २०१८ को सोही अवधिको तुलनामा थाइल्यान्ड, दक्षिण कोरिया र जापानका पर्यटकको सङ्ख्यामा पनि क्रमशः ४३.१ प्रतिशत, ७.१८ प्रतिशत र १७.२२ प्रतिशत वृद्धि भएको छ ।

युरोपेली बजारलाई हेर्ने हो भने जनवरीदेखि अप्रिलबीचको अवधिमा युरोपबाट ८५ हजार २७ जना पर्यटक भित्रिएका छन् । बेलायतबाट आउनेको सङ्ख्या ३.८२ र जर्मनीबाट १९.०१ प्रतिशतले वृद्धि भएको छ । तर, स्पेन र फ्रान्सबाट आउने पर्यटकको सङ्ख्यामा क्रमशः ८.२१ प्रतिशत र २.६ प्रतिशतले ओरालो लागेको छ ।

सोही अवधिमा अमेरिकाबाट आउने पर्यटकको सङ्ख्यामा ३२ हजार सात सय ४० पुगेको छ, जुन पछिल्लो वर्षको त्यही अवधिको तुलनामा १०.८ प्रतिशतले भएको वृद्धि हो । यस्तै अष्ट्रेलियाली पर्यटकको सङ्ख्यामा ३.३ प्रतिशतले वृद्धि भएर १३ हजार दश पुगेको छ ।

यसैबीच अप्रिल महिनामा एक लाख चार हजार एक सय ९८ अन्तर्राष्ट्रिय पर्यटकनेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५.६ प्रतिशतको वृद्धि हो ।