कैलाश हेलिकप्टर मार्फत कन्चनजंगा हिमालबाट २ विदेशीको उद्धार

बिहिबारबाटै विरामी परेको र मौसमको कारण कन्चनजंगा क्याम २ बाट शुक्रबार मात्र काठमाडौं ल्याइएको जनाएको छ ।

काठमाडौं । कन्चनजंगा हिमाल आरोहण गर्दै गरेका दुई विदेशी विरामी भएपछि कैलाश हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।
रमेश चन्द्र रोय र रुद्र प्रसाद हेल्डरलाई उद्धार गरि ल्याइएको कैलास हेलिकप्टरका प्रवन्ध निर्देशक प्रतापजंग पााण्डेले जानकारी दिए । हाल उनिहरुको हाल ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ । उनिहरु भारतीय हुन्  ।

बिहिबारबाटै विरामी परेको र मौसमको कारण कन्चनजंगा क्याम २ बाट शुक्रबार मात्र काठमाडौं ल्याइएको जनाएको छ । उनिहरुलाई क्याप्टेन मुरीजीओ फोलीनीले काठमाडौं ल्याएका हुन् ।