महिलाले मात्र ताने मच्छिन्द्रनाथको रथ (हेर्नुस् ९ तस्बिर)

१ महिना चल्ने जात्रा करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ । वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब मनाइने जात्राको विशिष्ट सांस्कृतिक एवम् धार्मिक महत्त्व छ ।

काठमाडौं । ललितपुर महानगरपालिकाको लगनखेलमा जारी रातो मच्छिन्द्रनाथ जात्रामा आज (शुक्रबार) महिलाले मात्र रथ तानेका छन् ।

१ महिना चल्ने जात्रा करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ । वैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब मनाइने जात्राको विशिष्ट सांस्कृतिक एवम् धार्मिक महत्त्व छ ।

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राको रुपमा यसलाई मनाइन्छ ।