हिमालय एयरलाइन्सले विमान चलाउन सकेन, भाडामा लग्यो भियतनामको बेम्बोले

भियतनामको बेम्बो एयरवेजलाई पठाउने तयारी गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । झन्डै ७ अर्ब रुपैयाँ सञ्चित नोक्सानीका कारण सञ्चालन गर्न नसकेपछि हिमालयनले एउटा विमान भियतनामको बेम्बोलाई भाडामा दिएको हो ।

काठमाडौं । अर्बौं रुपैयाँ नोक्सान भएपछि निजीक्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले जहाज भाडामा दिएको छ । हिमालयनको एउटा जहाज १ वर्षका लागि भियतनामको बेम्बो एयरवेजले (आज) शुक्रबार लैजाने भएको छ ।

भियतनामको बेम्बो एयरवेजलाई पठाउने तयारी गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । झन्डै ७ अर्ब रुपैयाँ सञ्चित नोक्सानीका कारण सञ्चालन गर्न नसकेपछि हिमालयनले एउटा विमान भियतनामको बेम्बोलाई भाडामा दिएको हो ।

यसअघि ओमानको सलाम एयरले भाडामा लैजाने तयारी गरेको थियो । हिमालयको सञ्चित नोक्सान बढेर ६ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । जति विमान सञ्चालन गर्यो, त्यति नै नोक्सान हुने भएपछि विकल्पका रुपमा हिमालयले विमान भाडामा दिन लागेको हो । दुई ओटा विमान भाडामा दिने हिमालयको प्रस्तावलाई क्यानले अस्वीकार गरेपछि एउटा मात्र दिन लागेको हो ।

वायुसेवा कम्पनीसँग न्यूनतम दुई ओटा विमान हुनुपर्ने व्यवस्था छ । बेम्बो एयरवेजले भियतनामका विभिन्न सहरलगायत जापानको मिटो सहर, दक्षिण कोरियाको सियोल सहर, ताइवानको ताइपान र ताइनान सहरमा उडान भर्दै आएको छ ।

हिमालयनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विलम्ब शुल्कसहित २० करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ । विमानस्थलले पटकपटक ताकेता गरिरहे पनि हालसम्म रकम तिर्न नसकेको जनाएको छ ।

हिमालयन एयरलाइन्स हाल सञ्चालन नोक्सानमा छ । हिमालयमा यति वल्र्ड इन्भेस्टमेन्टको ५१ र तिब्बत एयरलायन्सको ४९ प्रतिशत स्वामित्व छ ।

सलामसँग कुरा नमिलेपछि हिमालय एयरलाइन्सले भियतनामको बेम्बो एयरवेजलाई विमान भाडामा दिने