१ करोड ९५ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

जसमध्ये गणपति र नेपाल एग्रोको साधारण सेयर (आईपीओ) प्रभु, कृषि विकास, ग्लोबल आईएमई र प्रोगेसिभको बोनस सेयर सुचिकृत भएका हुन ।

काठमाडौं । विभिन्न आधादर्जन कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् ।

प्रभु बैङ्क, कृषि विकास बैङ्क, प्रोगेसिभ फाइनान्स लिमिटेड, ग्लोबल आईएमई लघुवित्त संस्था लिमिटेड, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रोफाइनान्स लिमिटेडको गरी १ करोड ९५ लाख ६८ हजार १४० कित्ता सेयर कारोबारका लागि सुचिकृत गरिएको नेप्सेले जनाएको छ ।

जसमध्ये गणपति र नेपाल एग्रोको साधारण सेयर (आईपीओ) प्रभु, कृषि विकास, ग्लोबल आईएमई र प्रोगेसिभको बोनस सेयर सुचिकृत भएका हुन ।