सुरुमै बजारमा सबै समूहका परिसूचक हरियो देखिए पनि उत्पादनमुलक बाहेक अन्य समूहको परिसूचक बन्द हुँदासम्म टिक्न सकेनन् । बजारमा बिमा समूहको परिसूचक सबैभन्दा बढी १ सय ७ दशमलब ४८ अङ्कले घटेको छ भने विकास बैङ्क र माइक्रोफाइनान्स समूहको परिसूचक पनि निकै घटेका छन् ।
आज बजार खुलेको केही समयमा नै करिब २० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अन्त्यमा ११ अङ्कले घटेर १४ सय १३ विन्दुमा बन्द भएको छ ।
सुरुमै बजारमा सबै समूहका परिसूचक हरियो देखिए पनि उत्पादनमुलक बाहेक अन्य समूहको परिसूचक बन्द हुँदासम्म टिक्न सकेनन् । बजारमा बिमा समूहको परिसूचक सबैभन्दा बढी १ सय ७ दशमलब ४८ अङ्कले घटेको छ भने विकास बैङ्क र माइक्रोफाइनान्स समूहको परिसूचक पनि निकै घटेका छन् । यसैगरी जलविद्युत् र होटल समूहका परिसूचक पनि ओर्लेको छ ।
बजारमा दिनभर ५९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५९ कम्पनीको १४ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा २८ ओटा कम्पनीको सेयर मूल्य घटेको छ भने एक सय १४ ओटा कम्पनीको सेयर मूल्य बढेको छ । आइतबार बैङ्किङ समूहका कम्पनीको कारोबार बढी भएको छ ।
कारोबार रकम बिहीवारको तुलनामा घटे तापनि औसत दैनिक कारोबार रकमको तुलनामा बढी नै भएको छ ।