आईपीओ निष्कासनका लागि कम्पनीले जेठ २७ गते पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित साहस ऊर्जा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले जेठ २७ गते पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । साहासले ८६ मेगावाटको सोलुखोला दुधकोसी आयोजना निर्माण गरिरहेको छ ।
यसअघि साहसले ५ मेगावाटको माथिल्लो हुग्दिखोला आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको लागत निर्माण अवधिको ब्याजसमेत गरी ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । आयोजनाबाट वार्षिक ५२ करोड ८ लाख २० हजार युनिट बिजुली उत्पादन हुनेछ ।