सेयर बजारमा सामान्य गिरावट, नेपाल बैङ्क र शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार

बजार सामान्य अङ्कले गिरावट आएका बेला नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३३६ रुपैयाँमा २२ करोड ६८ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

काठमाडौं । सेयर बजारमा गिरावट आए पनि १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार बजार १.८७ प्रतिशत घटेको छ । यस दिन कुल ३२ लाख ८१ हजार ११६ कित्ता सेयर किनबेच भएको छ ।

बजार सामान्य अङ्कले गिरावट आएका बेला नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३३६ रुपैयाँमा २२ करोड ६८ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सिवम् सिमेन्ट लिमिटेडको प्रतिकित्ता ६२९ रुपैयाँमा १८ करोड ७० लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

आइतबार विकास बैङ्क, जलविद्युत्, उत्पादनमूलक र म्युचुअल फन्डको सेयर मूल्य बढेको छ । यस्तै बैङ्क, होटल, व्यापार, बिमा र लघुवित्तको सेयर मूल्य घटेको छ । आइतबार शिवम् सिमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले कमाएका छन् ।