हावाहुरी पीडितलाई टानको १ लाख ४४ हजार सहयोग

गत चैत १७ गते तराईका जिल्लामा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि टानले सो सहयोग गरेको हो ।

काठमाडौं । हावाहुरी पीडितलाई ट्रेकिङ एजेन्सीज एसोसिएन अफ नेपाल (टान)ले १ लाख ४४ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । गत चैत १७ गते तराईका जिल्लामा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि टानले सो सहयोग गरेको हो ।

टानका मिडिया तथा कम्युनिकेसन संयोजक गोपाल श्रेष्ठले बाराको कलैया उपमहानगरपालिका १८ स्थित लिटिल एकेडेमिक प्राइमरी विद्यालयको अस्थाई भवन निर्माणार्थ सङ्ंकलित रकम सामाजिक संस्था हेड्स नेपालको माध्यमबाट हस्तान्तरण गरेको जानकारी दिए ।

टान कार्यसमिति र कर्मचारी गरी जम्मा २० जनाले सहयोग गरेको उनको भनाइ छ । टानले चन्द्रबहादुर गुरुङको संयोजकत्वमा सहयोग सङ्कलन समिति बनाएको थियो ।