हिमाल दोलखा हाइड्रोपावरको आईपीओ जेठ १४ देखि, १ लाख कित्तासम्म आवेदन दिन पाइने

कम्पनीले आयोजना प्रभावित इलाम र माइ नगरपालिकाका स्थानीयबासिन्दालाईै १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १४ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित इलाम र माइ नगरपालिकाका स्थानीयबासिन्दालाईै १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा जेठ २८ र ढिलोमा असार १३ गतेसम्ममा हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम १० देखि १ लाख कित्तासम्म आवेदन दिन पाइने ग्लोबल आईएमईले जानकारी गराएको छ ।

कम्पनीले इलाम नगरपालिकाको ९ र १०, माइ नगरपालिकाको ९ का स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ८ मेगावाट र ४.५ मेगावाटको माइ र माइ क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ ।