७२४ करोडको आईपीओ निष्कासन, कसको कति (सूचिसहित)

उनयता आईपीओ निष्कासन गर्नेमा अधिकाँश जलविद्युत कम्पनी लघुवित्त संस्था रहेका छन् ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साउनयता विभिन्न २५ कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

जलविद्युत, लघुवित्त गरी ७ अर्ब २४ करोड ४ लाख १६ हजार ८०० रुपैयाँ बराबरको ७ करोड २४ लाख ४ हजार १६८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको बोर्डले जनाएको छ ।  सूचि हेर्न यहाँ क्लिक गर्नुहोस

स्वीकृति पाएका प्राय सबैले निष्कासन गरिसकेका छन । साउनयता आईपीओ निष्कासन गर्नेमा अधिकाँश जलविद्युत कम्पनी लघुवित्त संस्था रहेका छन् । अनुमति पाउनेमा १५ ओटा जलविद्युत कम्पनी रहेका छन् । १० ओटा लघुवित्त रहेको बोर्डले जानकारी दिएका छन् ।

यस्तै जलविद्युत र लघुवित्त गरी १४ कम्पनीले २ अर्ब १० करोड ८८ लाख ६ हजार ५०० रुपैयाँ बराबरको २ करोड १० लाख ८८ हजार ६५० कित्ता आईपीओ पाइपलाइनमा छन ।