२४ औं पटक सगरमाथाको आरोहण गर्दै कामिरिता शेर्पाले राखे नयाँ विश्व रेकर्ड

गत मंगलबार २३ औं पटक आरोहण गरी आफैले राखेको नयाँ रेकर्डलाई तोड्दै नयाँ विश्व रेकर्ड राखेका हुन् ।

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको २४ औं पटक सफल आरोहण गर्दै नयाँ विश्व रेकर्ड राखेका छन् । गत मंगलबार २३ औं पटक आरोहण गरी आफैले राखेको नयाँ रेकर्डलाई तोड्दै नयाँ विश्व रेकर्ड राखेका हुन् ।

शनिवारबाट आरोहण सुरु गरेका शेर्पाले मंगलबार विहान ६.३० बजे शिखरमा पुगेको सेभेन समिटले जानकारी दिएको छ । शेर्पाले सगरमाथा को सफल आरोहण गरेको पर्यटन विभागका मिरा आचार्यले पुष्टि गरेकी छिन् ।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका शेर्पाले ५० वर्षको उमेरमा २५ पटक सगरमाथाको चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका शेर्पाले ५० वर्षको उमेरमा २५ पटक सगरमाथाको चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

कामिरिताले यसअघि पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका छन् । उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।