माटोका नमुना परीक्षण

माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको सहयोगमा भीमदत्त नगरपालिका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत धान जोन इकाइद्वारा सञ्चालित शिविरमा सङ्कलन गरिएको माटोका नमुना परीक्षण गर्दा अधिकांशमा प्राङ्गारिक पदार्थको कमी, अम्लीयपन र क्षारियपनलगायत अधिक देखिएको छ ।