सेयर बजार ४.४२ अंकले बढ्यो, नेपाल बैङ्क र शिवम सिमेन्टको बढी कारोबार

काठमाडौं । सेयर बजार ४.४२ अंकले बढेको छ । मंगलबार बजार बढेर नेप्से परिसुचक १ हजार ३१२ अंकमा पुगेको छ । बजार सामान्य अंकले बढ्दा ८१ करोड ४४ लाख ५२ हजार रुपैयाँ बराबरको ३१ लाख २ हजार २८४ किता किनबेच भएको हो ।

मंगलबार नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३३३ रुपैयाँमा ८ करोड ६६ लाख २८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै शिवम सिमेन्ट लिमिटेडको प्रतिकित्ता ५८५ मा ६ करोड ८८ लाख ३४ हजार रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

मंगलबार उत्पादनमुलक र लघुवित्तको सेयर मूल्य घटेको छ । बैङ्क तथा वित्त, जलविद्युत, बिमा, होटल र म्युचअल फण्डको मूल्य बढेको छ । मल्टिप्रर्पोस फाइनान्स कम्पनी लिमिटेड र अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले कमाएका छन ।