गौतमबुद्ध बिमानस्थलको धावनमार्गको काम सम्पन्न, २०१९ देखि विमान उड्ने

बिमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले ३ हजार मिटर लामो धानवमागर्नको काम सकिएको जानकारी दिए ।

काठमाडौ ।रुपन्देहीको भैरहवामा निर्माण भईरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे गर्ने काम सकिएको छ ।

बिमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले ३ हजार मिटर लामो धानवमागर्नको काम सकिएको जानकारी दिए । राष्ट्रिय गौरवका आयोजना विमानस्थल को कालोपत्रे सकिएसगै थप हौसला मिलेको उनको भनाइ छ ।

बिमास्थलको धावनमार्ग , टर्मिनल, टावर भवनको काम सक्ने लक्ष्य लिइएको थियो । तर एक महिना अघि नै धावन मार्गको काम सकिनु आयोजनाका लागि गौरबको बिषय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण का राष्ट्रिय गौरब आयोजना निर्देशक प्रदिप अधिकारी को भनाइ छ । बिमानस्थल २०१९ भित्र मा संचालन गर्ने लक्ष्य का साथ काम अगाडि बढिरहेको छ ।