अमेरिकाबासी रोहित श्रेष्ठद्वारा ४१ औँ दिनमा सगरमाथा आरोहण

विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गरेक हुन् ।

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गरेका छन्। विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गरेक हुन् ।

आइल्याण्ड हिमाल चढिसकेका श्रेष्ठले एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास आफूमा आएको र सोही आत्मविश्वासकै कारण सगरमाथा चढ्न सफलता मिलेको बताए । सगरमाथा चढ्ने आफ्नो १२ वर्ष अगाडिदेखिको तयारी रहेको भन्दै उनले भने, ‘आइल्याण्ड हिमालबाट सगरमाथा देख्दा एक दिन त अवश्य आरोहण गर्छु भन्ने भित्रैदेखि लागेको थियो ।’

हिउँमा चिप्लने खेल, जलविहारलगायतका साहसिक खेलमा रुचि भएका श्रेष्ठले अमेरिकाको कोलोराडोमा १४ हजार फिटभन्दा अग्लो २०० पहाड चढिसकेको छ ।