नेपालले पहिलो पटक सगरमाथाको नाप लियो, आधिकारिक उचाइ कति ?

बुधबार बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर नेपाली सर्वे टोलीले उचाइ नापेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए ।

काठमाडौं । सर्वोच्च सिखर सगरमाथाको उचाई नेपाल आफैले नापेको छ । नेपालले पहिलोपटक आफ्नै प्राविधिक सर्वे टोलीमार्फत सगरमाथाको उचाई नापेको हो ।बुधबार बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर नेपाली सर्वे टोलीले उचाइ नापेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज जोशीले जानकारी दिए । जोशीका अनुसार सर्वे टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र बुधबार साँझसम्म फर्किने छन् । सर्वे टोलीमा नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा छन् ।

सहसचिव जोशीका अनुसार सगरमाथाको एकिन उचाइ भन्ने ५ महिनापछि मात्रै थाहा हुने छ । सगरमाथाको उचाइ नाप्न नापी टोली यही चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो ।

सगरमाथाको उचाई यसअघि भारतीय नापी विभागले लिएको थियो । भारतका अनुसार सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। अमेरिकी टोलीले नाप्दा सगरमाथाको उचाइ ८,८५० मिटर निस्किएको थियो ।