अपर तामाकोसीको सेयरमा उछाल, आधा घण्टामा १० प्रतिशत बढ्यो

अपर तामाकोसीको सेयर मूल्य बढेर प्रतिकित्ता ३०५ रुपैयाँमा पुगेर रोकिएको छ । सोमबार प्रतिकित्ता २५६ रुपैयाँ थियो ।

काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सेयर उचालिएको छ । मंगलबार १० प्रतिशत बढेकोमा बुधबार पनि कारोबार खुलेको आधा घण्टामा सेयर मूल्य १० प्रतिशत बढेको हो ।

अपर तामाकोसीको सेयर मूल्य बढेर प्रतिकित्ता ३०५ रुपैयाँमा पुगेर रोकिएको छ । सोमबार प्रतिकित्ता २५६ रुपैयाँ थियो ।

मंगलबारदेखि दुई दिनमा अपरतामाकोसीको सेयर मूल्य ५० रुपैयाँ बढेको छ । हालसम्म अपरको ३ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।