सेयर बजार बढ्यो, ९६ करोड ६६ लाखको कारोबार

बुधबार ९६ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको ३४ लाख ३६ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ ।

काठमाडौं । सेयर बजार ७.४९ अङ्कले बढेको छ । बुधबार बजार बढेर नेप्से परिसूचक १ हजार ३१९ अङ्कमा पुगेको छ । मङ्गलबार बढेको बजारले बुधबार पनि निरन्तरता पाएको छ ।

बुधबार ९६ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको ३४ लाख ३६ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३४३ रुपैयाँ ६ करोड ९६ लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । मङ्गलबारको तुलनामा बुधबार नेपाल बैङ्कको सेयर मूल्य १० रुपैयाँ बढेको छ ।

यस्तै प्राइम कमर्शियल बैङ्कको प्रतिकित्ता ३७० रुपैयाँमा ६ करोड ३७ लख ३७ हजार रुपैयाँको किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।