अपी नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना व्यास गाउँपालिका वडा नम्बर २ को घाँटीबगरबाट फर्किएका
दार्चुला । अपी नाम्पा घुम्न गएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमडौंबाट अपी नाम्पा संरक्षण क्षेत्रको अपी वेशक्याम्प जान लागेका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो ।
अपी नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना व्यास गाउँपालिका वडा नम्बर २ को घाँटीबगरबाट फर्किएका छन् ।
अपी वेशक्याम्प जान हिँडेका उनीहरुलाई गलत बाटो बताइएका कारण अलपत्र परेको पर्यटकका सहयोगी खगेश्वर गौतमले बताए । नेपालको बाटो भएर अपी फेद जाने बाटो छैन भनेर कसैले भनेनन्, सहयोगी गौतमले भने, ‘माथि पुगेपछि बाटो नै रहनेछ ।’ अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरेसँगै काठमाडौंबाट दार्चुला पुग्नुभएका पर्यटकलाई घिमिरेलेसमेत सही सूचना नदिएको उनको गुनासो छ ।
जिम्मेवार निकायको व्यक्तिलेसमेत बाटोको अवस्थाबारे जानकारी गराएनन् । कार्यालयमै गएर जानकारी लिइयो बाटो छ कि छैन भने तर पनि सही सूचना हामीलाई दिइएन उनले बताए । खलङ्गाबाट चार दिनमा घाँटीबगर पुगेपछि बाटो रहेनछ ।
ठाउँठाउँमा प्रहरीले सोधे, प्रवेश गरे तर बाटोका बारेमा जानकारी दिएनन् । हिकिला, हुती, सुनेसरा, सबै प्रहरी चौकीमा सोधियो, तर बाटोबारे केही भनेन् गौतमले भेन, ‘व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीलाई समेत सुनसेरामा भेट भयो । तर उनले पनि बाटोको अवस्थाबारे जानकारी गराउन नसकेको गौतमको गुनासो छ ।
उनीहरुलाई दुम्लीङ प्रहरीले बाटोका बारे जानकारी गराएपछि उनीहरु निराश हुँदै फर्किएका छन् । खलङ्गामै बाटोका बारेमा जानकारी गराइ दिएको भए दोस्रो रुट प्रयोग गर्न सकिन्थ्यो । अपि नाम्पा घुम्न भनेर आएका विदेशी पर्यटकले बाटोबाटै फर्किनुपर्दा निराश भएका छन् ।
झण्डै २५ दिनको म्याद लिएर घुम्न आएका थिए । वैशाख २९ गते सदरमुकाम खलङ्गाबाट हिँडेका उनीहरु ३० गते हुती, ३१ गते तुसरपानी, जेठ १ गते सलेनी, २ गते कल्जु र ३ गते थी पुगेका थिए । बाटोमै अलपत्र परेका उनीहरुले अन्तिममा राप्ला घुमेर फर्किएका छन् । रासस