धितोपत्र बोर्डको प्रशिक्षण कार्यक्रम

बोर्डको कार्यालय जावलाखेल, ललितपुरमा प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार दिनको २ः०० बजेदेखि ४ः०० बजेसम्म पाक्षिकरुपमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम हुँदैछ । यस्तै रेडियो नेपालमार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७.४० देखि ७.५५ बजेसम्म धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम हुँदैछ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डको यस आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार बोर्डबाट निःशुल्क लगानीकर्ता प्रशिक्षण, रेडियो कार्यक्रम र लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम सञ्चालन÷प्रसारण भइरहेको छ ।

बोर्डको कार्यालय जावलाखेल, ललितपुरमा प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार दिनको २ः०० बजेदेखि ४ः०० बजेसम्म पाक्षिकरुपमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम हुँदैछ । यस्तै रेडियो नेपालमार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान ७.४० देखि ७.५५ बजेसम्म धितोपत्र तथा वस्तु विनिमय रेडियो कार्यक्रम हुँदैछ ।

रेडियो कान्तिपुर एफएमबाट प्रत्येक महिनाको पहिलो बुधबार बिहान ७.३० देखि ८.०० बजेसम्म लगानीकर्ता प्रत्यक्ष संवाद कार्यक्रम हुँदैछ ।

बोर्डले सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता दरखास्त दिन पाइने र सम्भव भएसम्म सबै आवेदकलाई कम्तीमा १० कित्ता पाउने व्यवस्था गरेको जानकारी दिएको छ ।