४ लघुवित्तले १७ करोड ३६ लाखको आईपीओ ल्याउँदै

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन ।

काठमाडौं । विभिन्न ४ ओटा लघुवित्त संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन ।

४ लघुवित्त संस्थाले १७ करोड ३६ लाख ६० हजार रुपैयाँ बराबरको १७ लाख ३६ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्ने छन् । यसमध्ये इन्फिनिटी लघुवित्तले आउदो सोमबारदेखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्दै छ ।

यस्तै बाँकीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । घोडाघोडी लघुवित्तले १ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार ६००, सबैको लघुवित्तले ५ करोड ३० लाख रुपैयाँ बराबरको ५ लाख ३० हजार र आँधिखोला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको धितोपत्र बोर्डले जनाएको छ ।