२२ अर्ब ५८ करोडको बोनस सेयर, कसको कति (सूचिसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत विभिन्न कम्पनीहरुले अघिल्लो र गत आर्थिक वर्षमा गरी सेयरधनीलाई अर्बौ रुपैयाँ बोनस सेयर वितरण गरेका छन् ।

बैङ्क तथा वित्त, जलविद्युत, होटल, बीमालगायत ७९ कम्पनीले २२ अर्ब ५८ करोड २१ लाख रुपैयाँ बराबरको २३ करोड १८ लाख १६ हजार कित्ता बोनस सेयर सेयरधनीलाई वितरण गरेका छन ।

यो चालु आर्थिक वर्ष सुरु भएपछि साउनयता हो । बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता हुनुका साथै नेप्सेमा सुचिकृत भई कारोबार सुरु भइसकेको छ ।  बोनस सेयरको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस

बैंङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिएका हुन । सबैभन्दा बढी बोनस सेयर दिनेमा वाणिज्य बैंङ्कहरु रहेका छन ।

यस्तै जलविद्युतले नयाँ आयोजना निर्माण गर्नका लागि पुँजी बढाउन लगानीकर्तालाई बोनस सेयर दिएका हुन । गत आर्थिक वर्षमा ३३ अर्ब रुपैयाँ बढी बोनस सेयर वितरण भएको थियो ।