९ कम्पनीले ३२५ करोड हकप्रद सेयर ल्याउँदै, कसको कति ?

जलविद्युत कम्पनीले नयाँ आयोजना बनाउन, उत्पादनमुलक, बीमा र वित्त कम्पनीले पुँजी बढाएर क्षेत्र विस्तार गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत ९ कम्पनीले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका छन ।
वित्त, उत्पादनमुलक र जलविद्युत कम्पनीले ३ अर्ब २४ करोड ८९ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड २४ लाख ८९ हजार १०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

जलविद्युत कम्पनीले नयाँ आयोजना बनाउन, उत्पादनमुलक, बीमा र वित्त कम्पनीले पुँजी बढाएर क्षेत्र विस्तार गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।  सूचि हेर्न यहाँ क्लिक गर्नुहोस 

हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिनेमा श्रीराम सुगर मिल्स लिमिटेड, अपी पावर कम्पनी लिमिटेड, नाग्दी ग्रुप पावर लिमिटेड, सिर्जना फाइनान्स लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

यस्तै समता लघुवित्त वित्तीय संस्था लिमिटेड र ओमी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि हकप्रद सेयर निष्कासन गरेर पुँजी बढाउने भएका छन् ।

सबैभन्दा बढी हकप्रद सेयर निष्कासन गर्नेमा अपी पावर रहेको छ । उसले विभिन्न जलविद्युत आयोजनामा लगानी जुटाउन २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

साउनयता विभिन्न १५ कम्पनीले ४ अर्ब ३२ करोड ६८ लाख ५० हजार ८७३ रुपैयाँ बराबरको ४ करोड ३२ लाख ६८ हजार ५०८ कित्ता हकप्रद सेयर निष्कासन गरिसकेका छन् ।